Friday, December 31, 2010

निगम बचाउन जेल जान तयार छुः कंसाकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि निलम्बनमा परेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले आफूले कुन कुरामा अख्तियार दुरुपयोग गरें भन्ने बुझन नसकेको बताउनुभएको छ।

कानुनी उपचारका लागि सल्लाहमा व्यस्त रहेका कंसाकारले बिहीबार नेपाल समाचारपत्रसँग भन्नुभयो- ँअख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत डिल्लीरमण आचार्यले कुन विषयमा मुद्दा दायर गर्नुभएको हो, मैले र मेरा कानुनव्यवसायीले बुझेका छैनौं।’

मुद्दाको किनाराका लागि वैकल्पिक उपायको खोजीमा लागिपरेका कंसाकारले निगमलाई धराशयी हुनबाट बचाउन आफूले विशिष्ट योगदान गर्दा १३ वर्षजेल हाल्ने चेतावनी आएकोमा अचम्म लागेको बताउनुभयो।

ँ१० अर्ब रुपियाँको ठेक्कापट्टा स्वीकृत गर्ने सञ्चालक समितिको सम्पूर्ण् कामकारबाही ठीक, तर सोही स्वीकृत ठेक्कापट्टासम्बन्धको कार्यान्वयन व्यवस्थापनले गरेपछि १३ वर्षकैद संसारमा कहीँ हुँदैन तर नेपालमा हुने रहेछ’ -उहाँले व्यंग्य गर्नुभयो।

निगमका १ हजार ४ सय कर्मचारीमा ७-८ जनाबाहेक सबैले आफूलाई साथ दिइरहेको बताउँदै उहाँले भन्नुभयो- ँकोही मान्छे मुलुकका लागि ज्यान दिएर शहीद हुन्छन्, म निगम बचाउन राष्ट्रका लागि १३ वर्षजेल बस्न तयार छु।’

विमान खरिदका लागि ५ करोड ७३ लाख ७५ हजार रुपियाँ लकअप मनी (बैना रकम) पठाएकै कारण नेपालको डेढ अर्ब रुपियाँ बच्ने भएको दाबी उहाँले गर्नुभयो । ँअब नयाँ प्रक्रियामा गएको खण्डमा थप डेढ अर्ब रुपियाँ लाग्नेछ’ -उहाँले भन्नुभयो। अहिले डेढ अर्ब रुपियाँ भाउ बढेकाले नयाँ प्रक्रियामा जाँदा हुने घाटा कसले बेहोर्ने भन्ने उहाँको तर्क छ।

फ्रान्सको विमान उत्पादक कम्पनी एयरबसलाई निगमको आर्थिक विनियमावलीको दफा २३६ को उपदफा ँग’ अनुरूप सञ्चालक समितिले पारित गरेको विमान खरिदसम्बन्धी निर्णय मोजिम कार्यकारी प्रमुखको हैसियतमा सोही दफाको उपदफा ँघ’ को प्रयोग गरी लकअप मनी पठाएको उहाँले बताउनुभयो। पर्यटनवर्ष२०११ अगावै विमान उपलब्ध गराउनका लागि बैना रकम पठाएको पनि उहाँले जानकारी दिनुभयो।

No comments:

Post a Comment