प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले चाहेजसरी शान्तिप्रक्रियालाई अगाडि बढ्न दिए ४० वर्षा पनि समस्या समाधान नहुने बताउनुभएको छ।
नेपालको शान्तिप्रक्रियासम्बन्धमा चासो व्यक्त गर्दै बिहीबार नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमले टेलिफोन गर्दा प्रधानमन्त्री नेपालले उक्त आशंका व्यक्त गर्नुभएको हो।
मन्त्री सोल्हेमले आफूसँगको कुराकानीमा माओवादी नेतृत्वले जनवरी १५ मा अन्मिनलाई बिदा गर्नुपर्ूव औपचारिक समारोह गरी आफना लडाकूलाई विशेष समितिको मातहतमा हस्तान्तरण गर्न चाहेको जानकारी दिनुभयो। उहाँले सेप्टेम्बरदेखि यता चार महिनासम्म शान्तिप्रक्रियामा कुनै देखिने प्रगति हुन नसकेकोमा चिन्ता प्रकट गर्नुभयो।
मन्त्री सोल्हेमको भनाइ सुनेपछि प्रधानमन्त्री नेपालले माओवादी नेताहरूले यस्ता अभिव्यक्ति धेरै पटक दिएको तर कार्यान्वयन नगरेको जानकारी गराउनुभएको थियो। ँसरकार त्यस्तो औपचारिक समारोह आयोजना गर्न तयार छ तर उनीहरूका अभिव्यक्तिमा विश्वास गर्न गाह्रो छ’, प्रधानमन्त्री नेपालले भन्नुभयो- ँमाओवादीले भनेजस्तै गर्दै जाने हो भने चार महिनामा होइन, यो समस्या ४० वर्षा पनि समाधान हुँदैन। पहिला आफैंले गरेको सहमतिविपरीत अन्मिनको म्याद थप्न खोज्ने उनीहरूको प्रयासले यही देखाउँछ।’
नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा कुराकानी हुँदा मन्त्री सोल्हेमले शान्तिप्रक्रियाले कसरी र कहिलेसम्म पर्ूण्ाता पाउँछ भन्ने जिज्ञासा राख्नुभएको थियो। प्रधानमन्त्री नेपालले दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताउँदै छिटोभन्दा छिटो मुलुकका समस्याले निकास पाओस् र शान्तिप्रक्रियाले पूर्ण्ता प्राप्त गरोस् भनेर आफूले प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री नेपालले सबभन्दा पहिला माओवादी नागरिक पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिँदै शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सद्भाव चाहिएको उल्लेख गर्नुभयो। उहाँले माओवादी पर्ूवलडाकूहरूको पुनःस्थापनामा सहयोगको अपेक्षा राखेको बताउनुभयो।
शिविरमा लडाकू र कन्टेनरमा हतियार राखिरहेसम्म माओवादी नागरिक पार्टीन्न नसक्ने प्रस्ट भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले माओवादीलाई त्यसबाट मुक्त गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो।
No comments:
Post a Comment