प्रधानसेनापति छत्रमानसिंह गुरुङको निवासमा काम गर्ने सिपाही रामबहादुर थापालाई समयमा अफिस नआएको भन्दै कुटपिट गर्दा उनी सख्त घाइते भएका छन्।
बुधबार बेलुकी प्रधानसेनापतिको निवासमा आइपुग्न ढिला भएपछि एक सहसेनानीले उनलाई निर्घर्ााकुटपिट गरेका थिए।
ती सहसेनानीले कुटपिट गरेपछि चिसो पानीमा डुबाएका कारण बेहोस भएका सिपाही थापाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।
कुटपिटमा संलग्न सहसेनानीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सहायक रथी रमीन्द्र क्षत्रीले जानकारी दिनुभयो। उहाँले घटनामा सामेल भएका सहसेनानीविरुद्ध छानबिन गरिरहेको र उक्त घटनामा दोषी देखिए कारबाही गर्ने जानकारी दिनुभयो।
No comments:
Post a Comment