Friday, December 31, 2010

एन प्याब्सनको अधिवेशन भोलिदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को चौथो महाधिवेशन भोलि पुस १७ देखि १९ गतेसम्म जनकपुरमा हुने भएको छ।


नयाँ नेतृत्वका लागि ३ जनाले आफनो उमेदवारी घोषणा गरेका छन्। उमेदवारी घोषणा गर्नेहरूमा वर्तमान अध्यक्ष गीता राणा, सल्लाहकार कर्ण्र् वाहादुर शाही र पर्ूवमहासचिव अर्जुन अधिकारी रहनुभएको छ। उमेेदवारी घोषणा गर्दै सल्लाहकार कर्ण्र् वाहादुर शाहीले संठनमा युवा पंक्तिको आवश्यकता रहेकाले अफूले अध्यक्ष पदमा उमेदवारी दिएको बताउनुभयो। राज्यसँग सहकार्य र संर्घष्ा गरी सबै निजी विद्यालयलाई एकढिक्का बनाएर अघि बढ्ने उद्देश्यले अध्यक्ष पदमा उमेदवारी दिएको उल्लेख गर्दे आफनो उम्मेदवारी सबै निजी विद्यालयको हितका लागि भएको बताउनुभयो।

हाधिवेशनमा देशभरिका २९ जिल्लाका १ हजार ३ सय विद्यालयका प्रतिनिधिहरू सहभागी हुने भएका छन्। महाधिवेशनले ३ वषर्ीय कार्यकालका लागि ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। हाल राष्ट्रिय-प्याब्सनको २९ सदस्यीय कार्यसमिति रहेको छ। वर्तमान अध्यक्ष राणाले पछिल्लो ३ वषर्ीय कार्यकालमा ४ सय सदस्य विद्यालयबाट १ जार ३ सय विद्यालय पुर्याएको बताउँदै शिक्षालाई उच्च प्राथमिकतामा राख्न, शिक्षा ऐन, कर र सुरक्षाको समाधानका लागि आफूले पुनः उम्मेदवारी दिन लागेको बताउनुभयो।

उच्च माध्यमिक विद्यालय संगठन (हिसान) का केन्द्रीय सदस्य रहनुभएका अधिकारीले शिक्षामा रहेका विकृति तथा विसंगतिका विरुद्ध, करलाई हटाउन, निजी शिक्षा ऐन ल्याउन आफनो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो।

No comments:

Post a Comment