माओवादीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खड्कबहादुर विश्वकर्मा चोरीको गाडीसहित पक्राउ परेका छन्।
बिहीबार साँझ महानगरीय प्रहरी परिसर हनुमानढोकाको विशेष टोलीले उनलाई मैजुबहालबाट चोरीको जापानिज मित्सुबित्सी गाडीसहित पक्राउ गरेको हो।
माओवादी सरकारमा भएका बेला उनलाई टाटा सफारी गाडी उपलब्ध गराएको भए पनि उनले सो गाडी प्रयोग नगरी चोरीको मित्सुबित्सीमा पुरानो नम्बर प्रयोग गरी चढेको प्रहरीले जनाएको छ। पक्राउ गरेलगत्तै प्रहरीको विशेष टोलीले विश्वकर्मालाई परिसरमा ल्याएको थियो। सो गाडी विश्वकर्मा चढने हो कि होइन भनी शंका लागी प्रहरीले उनी सवार बा०००१ अ २४ नम्बरको गाडीको कागजपत्र मागेको थियो।
तर उनले कागजपत्र दिन नमानेपछि कारबाहीका लागि भन्दै प्रहरीले हनुमानढोका पुर्याएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरीनायब उपरीक्षक केदार ढकालले बताए। पूर्वमन्त्री विश्वकर्मा शुक्रबार गाडीको सक्कली कागजात पेस गर्ने र्सतको कागज गरेर मुक्त भएका थिए।
माओवादी शान्ति सम्झौतामा आएको तत्कालीन सरकारले माओवादीका १ सय ७ वटा गाडीलाई अस्थायी नम्बर प्लेट दिएको थियो। ६ महिनापछि ती गाडीलाई प्रक्रिया पुर्याएर स्थायी नम्बर प्लेट लिने भने पनि अहिलेसम्म कुनै पनि गाडी यातायात व्यवस्था विभागमा दर्ता भएका छैनन्।
No comments:
Post a Comment