ललितपुरको पाटन क्याम्पसमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका २ समूहबीच हिजो बिहीबार बिहान भएको विवादपछि भएको झडपमा संस्थापन पक्षका २ विद्यार्थी घाइते भएका छन्।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेल पक्षधर विद्यार्थीहरूले सुरेश ढकाल र गोविन्द श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको संस्थापन पक्षको आरोप छ। ढकाल र श्रेष्ठको हात र टाउकोमा चोट लागेको छ। आज शुक्रबारबाट शुरू हुने उद्घोषण तालिमको उद्घाटनसत्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य दिलीप लामालाई संस्थापन पक्षका नेताहरूले अतिथि नराखेर अपमान गरेको भन्दै ढुंगेलपक्षधरले कार्यक्रम सक्नेबित्तिकै संस्थापन पक्षका विद्यार्थीमाथि हातपात गरेका थिए।
अनेरास्ववियुका क्याम्पस कमिटीद्वारा आयोजना गरिएको कार्यक्रममा आयोजकले कार्यक्रमस्थलनजिकै रहेका केन्द्रीय सदस्य लामालाई आसनग्रहण गर्न बोलाएको थिएन। आक्रोशित ढुंगेल पक्षधरले क्याम्पस कमिटी सचिव ढकाल र कोषाध्यक्ष श्रेष्ठलाई कार्यक्रम सञ्चालन गरेको आरोपमा निर्घर्ााकुटपिट गरेका थिए। घाइते दुवैको टाउको र हातमा चोट लागेको छ।
आक्रमणबाट कार्यक्रमस्थलमा राखिएको माइक, कर्ुर्सर्ीीायत सामग्री क्षत्रि्रस्त भएका छन्। घटनालमत्तै अनेरास्ववियुका अध्यक्ष ढुंगेल अल्का अस्पताल पुग्नुभएको थियो। उहाँले घटना दुखद् भएको भन्दै निष्पक्ष छानबिन गरिने बताउनुभयो।
No comments:
Post a Comment