जिल्लाको ब्यासी-१ स्थित ढल्कनेडाँडामा बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। ~!more!`
बिहीबार अपरान्ह १२ बजेतिर बालुवा लिन गएका कँडेल(३ का ४५ वषर्ीय चक्र सार्की, ३० वषर्ीय दीपक सार्की, २५ वषीया कौशिल्या सार्की, ३२ वषीया किट्टीवी केसी र १३ वषीया बालिका वसन्तीकुमारी केसीको बालुवा निकाल्ने क्रममा ढिस्को भत्किई पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै ढिस्कोमा पुरिएर कँडेलकै ३६ वषीया मन्जु सार्की, ४० वषर्ीया जुनु सार्की र ५५ वषीया जसु सार्की गम्भीर घाइते भएका र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जयसिंह विष्टले बताए। घाइते तीनै जनाको स्वास्थ्यस्थिति चिन्तामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
उनीहरू स्थानीय हरिचन्द्र पुजाराको घरको ढलानका लागि बालुवा लिन त्यहाँ गएका थिए। घटनास्थल सदरमुकाम चैनपुरबाट १ दिनको पैदल दूरीमा रहेको छ। घटनाको जानकारी थाहा पाउनेबित्तिकै बिसौनामा रहेको प्रहरी चौकीबाट प्रहरीको टोली र स्थानीवासिन्दाहरू घटनास्थल पुगेर घाइतेको उद्धार तथा मृतकको श्ाव निकालिएको थियो। मृतक तथा घाइते एकै गाउँका बासिन्दा हुन्। घटनास्थल टाढा भएकाले प्रहरीको टोली फर्केपछि मात्र घटनाकाबारे विस्तृत जानकारी आउने पनि विष्टले जानकारी दिए।
No comments:
Post a Comment