Thursday, December 30, 2010

तेह्र दिनकीलाई एमआरपी

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सबैभन्दा कम उमेरमा प्राप्त गर्नेमा १३ दिनकी क्यारिन शाक्य बनेकी छिन्।

कलंकीनिवासी क³नैया शाक्य र प्रतिभा शाक्यकी पहिलो सन्तानका रूपमा जन्मिएकी क्यारिनको नामाकरण चौथो दिनमा गरिएको थियो भने छैटौं दिनमा नै जन्मदर्ता गर्राई नाबालक परिचयपत्रसमेत बनाएर एमआरपीका लागि आवेदन गरिएको थियो। ँडबल दस्तुर तिरेर एमआरपी आवेदन गरेको एक साताभित्र पासपोर्ट पाउने हँुदा उनले जन्मिएको १३ दिनमा पासपोर्ट पाइन्’ -क्यारिनका बुबा क³नैयाले भने। क³नैया र प्रतिभालाई अमेरिकामा बसोबासका लागि डीभी परेका कारण हतारमा पासपोर्ट बनाउनुपरेको क³नैयाले बताए।

मंसिर २७ गते जन्मिएकी क्यारिनले चार दिनअघि गत सोमबार एमआरपी पाएकी थिइन्। उनको परिवारले आवेदन दर्ता गराउन र पासपोर्ट लिन क्यारिनलाई परराष्ट्र मन्त्रालयमा हाजिर गराएको थियो। ँसानो बच्चाको आँखा नखुल्नाले फोटो खिच्न साह्रै अप्ठ्यारो पर्यो’, क³नैयाले भने- र्ँदर्जनौंपटकको प्रयासपछि बल्लबल्ल फोटो खिचायौं।’ सबैभन्दा कम उमेरमा एमआरपी पाउने क्यारिनको पासपोर्ट नम्बर ०५४३६७५० हो। परराष्ट्र मन्त्रालयले नाबालक पासपोर्ट दिनुअघि क्यारिनका बुबा र आमालाई पटकपटक टेलिफोनबाट प्रश्न सोधेको थियो। क्यारिनले प्राप्त गरेको एमआरपीमा वाहकको हस्ताक्षर उल्लेख गर्नुपर्ने स्थानमा क्रस गरिएको छ।

१३ दिनकी छोरीले एमआरपी पाएकोमा खुसी व्यक्त गर्दै क्यारिनकी आमा प्रतिभाले अब छोरीलाई पनि अमेरिका लैजान तयारी गरिने बताइन्। क³नैयाले सबैभन्दा कम उमेरमा आफनी छोरीले एमआरपी प्राप्त गरेको बताउँदै पासपोर्ट लिन मन्त्रालय पुग्दा सबै कर्मचारीले प्रशंसा गरेको सम्भिmए। परराष्ट्र मन्त्रालय केन्द्रीय राहदानी विभागले कतिसम्म कम उमेरकाले एमआरपी प्राप्त गरे भन्नेबारेमा यकिन जानकारी नभए पनि हालसम्म यति कम उमेरका अन्यले राहदानी नपाएको जानकारी दिएको छ।

No comments:

Post a Comment