Thursday, December 30, 2010

नेताकोमा धाउने सहायक रथीलाई / सैनिक अड्डाको पुर्र्जी

नेपाली सेनाको विकासनिर्माण तथा स्थपति निर्देशनालयका निर्देशक उपरथी नरेश बस्न्यातको म्याद थप नगर्न विभिन्न राजनीतिक दलका नेताहरूको घरघरमा पुगेको भन्दै सोही निर्देशनालयका सहायक रथी किरण वज्राचार्यलाई सैनिक सचिव विभागले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ।

चारवर्षो कार्यकाल पूरा गरी थप दुइ वर्षसमयावधि बाँकी रहेका उपरथी बस्न्यातको म्याद थप नगर्न दबाब दिने उद्देश्यले सहायक रथी वज्राचार्य, प्रमुख सेनानी प्रेमेन्द्रकिशोर क्षत्री, सेनानी किरण श्रेष्ठ र पंकज थापासहितको टोलीले रक्षामन्त्री विद्या भण्डारी, एमाले नेता केपी ओली, कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र माओवादीका केही नेताहरूको घरमा पुगेर लबिङ गरेको थियो।

सैनिक सचिव विभागले सहायक रथी वज्राचार्यलाई कुन उद्देश्यले उपरथी बस्न्यातको म्याद थप नगर्न राजनीतिक दबाब दिइएको हो, त्यस विषयमा चित्त बुझदो लिखित जबाफ दिन तथा राजनीतिक दलका नेताहरूको घरमा जाने अन्य पाँच जना अधिकृतको नामसमेत दिन निर्देशन दिएको छ।

सैनिक ऐन २०६३ मा कुनै पनि अधिकृत तथा जवानलाई पीरमर्का तथा अन्याय परेमा प्रधानसेनापतिमा उजुरी दिन सक्ने प्रावधान हुँदाहँुदै पदीय मर्यादाको बेवास्ता गरी गैरकानुनी ढंगबाट राजनीति गरेको भन्दै सैनिक सचिव विभागले लिखित प्रस्टीकरण लिएको सैनिक उच्चस्रोतले जानकारी दियो।

आफूभन्दा वरिष्ठको पदावधि थप नगर्न राज
नीतिक दबाब दिने सहायक रथी वज्राचार्यसहित अन्य अधिकृतहरूलाई कोर्ट मार्सल किन नगर्ने भनी सैनिक सचिव विभागले उहाँलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ।

२४ घण्टाभित्र सहायक रथी वज्राचार्यले दिएको लिखित स्पष्टीकरण सैनिक सचिव विभागलाई चित्त नबुझे कोर्ट मार्सलको प्रक्रिया अगाडि बढाउन सक्ने सैनिक ऐनमा व्यवस्था गरिएको छ।

No comments:

Post a Comment