काठमाडौं महानगरपालिका सामाखुसी बस्ने ३० वषर्ीया कुमारी तामाङको १२ लाख ५० हजार रुपियाँ लुटपाट भएको छ।
दुइ दिनअघि बुधबार सामाखुसीबाट डिल्लीबजारस्थित मालपोत कार्यालयमा जग्गा पास गर्न आएकी तामाङको उक्त रकम लुटपाट भएको हो। प्रहरीका अनुसार चाबहिलस्थित फोटो स्टुडियोमा फोटो खिचाई बाहिर निस्कँदा नम्बर नखुलेको पछाडिको नम्बर ९५ भएको सीबीजेड मोटरसाइकलमा आएका अपरचित २ जना उक्त नगदसहितको झोला लुटी फरार भएका थिए। फरार रहेका लुटेरासमूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसै गरी सीतापाइलास्थित सिस्टा केसीको घरमा डेरा गरी बस्ने गणेश खड्काको कोठाबाट करिब १ लाख ६० हजार रुपियाँबराबरको धनमाल चोरी भएको छ। बिहीबार कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी १० हजार नगद तथा चार तोला सुनसहित उक्त रुपियाँबराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ।
No comments:
Post a Comment