Friday, December 31, 2010

कांग्रेसको जनजागरण अभियान

नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर देशभर जनजागरण अभियान शुरू गर्ने भएको छ। कांग्रेसले पुस १६ लाई मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ।

शान्ति र लोकतन्त्रमाथि आएको खतराले राष्ट्रियता संकटमा पुगेको भन्दै कांग्रेसले अभियानका क्रममा १२औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई पचहत्तरै जिल्लामा लैजान सबै नेताहरूलाई जिल्ला-जिल्लामा खटाएको छ।

अभियानका क्रममा सभापति सुशील कोइराला विराटनगर, शेरबहादुर देउवा चितवन र संसदीय दलका नेता रामचन्द्र पौडेल सप्तरी खटिएका छन्।

No comments:

Post a Comment