कारकाँदोस्थित व्यापारिक प्रतिष्ठानमा बम विस्फोट गराएको आरोपमा बाँके प्रहरीले पक्राउ गरेका तीन जनालाई शुक्रबार र्सार्वजनिक गरेको छ।
प्रहरीले पक्राउ गरेका तीनै जना भूमिगत सशस्त्र समूह जनतान्त्रिक तर्राई मधेस मुक्ति पार्टी जिल्लास्तरीय कार्यकर्ता हुन्। बुधबार दिउँसो कारकाँदोस्थित गौरीशंकर हार्डवेयरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेकाहरूमा नेपालगन्ज-१७ का गुड्डु साहू, नेपालगन्ज-१२ का सद्दाम खाँ र नेपालगन्ज-१२ कै र्सवजित बर्मा छन्।
पक्राउ गरिएकामध्ये साहू २०६६ माघ १३ गते हातहतियार तथा लागू औषधसहित पक्राउ परेर कारबाही भोगेर छुटेका हुन्। छुटेपछि २०६७ असार १४ गते नेपालगन्ज-१२ स्थित ठूले तामाङको घरमा चन्दा नदिएको आरोपमा सकेट बम राखेका थिए। तामाङको घरमा बम राख्नेमा सद्दाम पनि हुन्।
बुधबार दिउँसो २ बजेतिर गौरीशंकर हार्डवेयरमा सकेट बम राखेर उनीहरू फर्किएका थिए। अपरा³न साढे ४ बजे पसलका सञ्चालक दर्ीघराज आचार्यले कुल्चिएपछि बम विस्फोट भएको प्रहरीले बताएको छ।
बाँके प्रहरी प्रमुख महेशविक्रम शाहका अनुसार सो समूहले नेपालगन्जका धेरै व्यवसायीलाई फोनबाट चन्दा मागको धम्की दिएको छ भने केही व्यवसायीबाट रकम उठाएको छ।
No comments:
Post a Comment