प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले सैन्य चिन्तन नत्यागेका कारण मुलुकमा शान्ति सु-व्यवस्था कायम हुन नसकेको बताउनुभएको छ।
गोरखाको खोप्लाङमा माओवादी कार्यकर्ताको आक्रमणबाट घाइते भएका एमाले कार्यकर्ता देवराज श्रेष्ठको स्वस्थ्य अवस्था बुझन राजधानीको बाँसबारीस्थित न्युरो अस्पताल पुग्नुभएका प्रधानमन्त्री नेपालले माओवादीले सैन्य सोच र चिन्तन नत्यागेको आरोप लगाउनुभएको हो।
माओवादीले हतियारको भरमा एकदलीय शासन व्यवस्था लाद्न खोजेको भन्दै उहाँले माओवादीको सबै दलले भन्डाफोर गर्नुपर्ने बताउनुभयो। उहाँले घटनाको छानबिन गरी संलग्न माओवादी कार्यकर्तामाथि कारबाही गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।
गत मंगलबार यातायात रुटसम्बन्धी विवादमा दुइ यातायात व्यवसायीबीच भएको झडपमा एमाले गोरखा क्षेत्र नं २ का सह-इन्चार्ज श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको थियो। एकीकृत नेकपा माओवादीले भने घटनामा आफनो संलग्नता अस्वीकार गरेको छ।
No comments:
Post a Comment