Saturday, January 1, 2011

माओवादी जनव्रि्रोहमा राजतन्त्र र्फकन्छः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकीकृत माओवादी जनव्रि्रोहमा गए त्यसको परिणाम राजतन्त्र फर्किने बताउनुभएको छ।

माओवादी व्रि्रोहले राजा आउ देश बचाउको नारालाई बल पुर्याउने र माओवादीले विगतमा राजासँग कार्यगत एकता गरेको भन्ने कुराको पुष्टि हुने उहाँको विश्लेषण छ। कहिले व्रि्रोह, कहिले संसदीय प्रणाली र कहिले संसद् नै मान्दैनौ भनेर माओवादी अलमलिएको र राष्ट्रिय राजनीतिमा उ यतिबेला घर न घाटको भएको केसीले बताउनुभयो।

ँआफूलाई फाइदा हुँदा संसदीय प्रणालीको वकालत गर्ने तर आफू अनुुकूल नहुँदा त्यसको विरोध गर्नु अल्मलाहटको राजनीति हो’ -उहाँले भन्नुभयो। अनमिनको म्याद सकिन लागेका बेला माओवादीले अन्मिन गए आफू टुहुरो भइन्छ र अपराध गर्न पाइन्न भन्ने दूषित मनसायले अन्मिनलाई अझै पालेर राख्न खोजेको केसीले बताउनुभयो। आफूलाई साम्राज्यवादको विरोधी ठान्ने माओवादीले साम्राज्यवादी अनमिनलाई राख्न र मुलुकमा हत्या, हिंसा र अपराधका क्रियाकलाप गरेर अन्मिनका माध्यमबाट चोखिन खोजेको आरोप लगाउनुभयो।

अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले बहुदलीय प्रतिष्पर्धा मान्ने बताइरहेको माओवादीले बहुलवाद मान्दिन भन्नु आर्श्चर्यजनक भएको बताउनुभयो।

कांग्रेस र एमालेबाट कसलाई प्रधानमन्त्री बनाउने भनेर माओवादीले फयाँकेको कार्ड तिहारमा खेलेको उधारो देउसी-भैलो जस्तै भएको उहाँको भनाई थियो। संघका अध्यक्ष नरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सानुभाई कार्कीलगायतले बोल्नुभएको थियो।

No comments:

Post a Comment