Saturday, January 1, 2011

सभासद्को निधनमा श्रद्धाञ्जली

मोटरसाइकल दुर्घटनामा निधन भएका सभासद् डम्बर खड्काको स्मृतिमा शुक्रबार विराटनगरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। नेकपा एमाले कोसी अञ्चल कानुन तथा निर्वाचन विभागको आयोजनमा कार्यक्रम गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले डम्बर खड्काको निधनबाट पार्टीई अपुरणीय क्षति भएको बताउनुभयो। उहाँले पार्टी एक मिलनसार र कर्तव्यनिष्ठ होनाहार नेता गुमाएको बताउनुभयो। एमालेका मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले पनि उहाँको निधनबाट पार्टीई क्षति पुगेको बताउनुभयो।

कानुन तथा निर्वाचन विभागका सचिव हेमराज पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा पराजुलीले खड्काको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।

No comments:

Post a Comment