Saturday, January 1, 2011

कामचलाउ सरकारको कीर्तिमान

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको शुक्रबार ६ महिना पूरा भएको छ, तर नयाँ सरकार गठनले मूर्त रूप लिन सकेको छैन।

कामचलाउ सरकारले लामो समयसम्म शासन गरेको यो पहिलो पटक हो। राष्ट्रिय सहमतिका लागि भन्दै गत असार १६ गते प्रधानमन्त्री नेपालले पदबाट राजीनामा दिए पनि शक्ति बाँडफाँडमा दलहरूबीच कुरा मिल्न नसक्दा नयाँ सरकार गठनमा ढिलाइ भएको छ।

प्रधानमन्त्रीका तीन प्रतिस्पर्धीमध्ये पछिल्लो चरणमा आइपुग्दासम्म नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मात्रै चुनावी मैदानमा हुनुहुन्छ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ सातांै चरणबाट र एमाले अध्यक्ष झलनाथ खनाल पहिलो चरणबाट नै बाहिरिनुभएको थियो।

प्रधानमन्त्री नेपालले भने आफूले राजीनामा दिएको ६ महिनासम्म पनि सरकार निर्माण हुन नसक्नु आफनो कमजोरी नभएको बताउनुभयो। राजधानीमा शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नयाँ वर्षसन् २०११ मा नयाँ सरकार निर्माण हुने अपेक्षा गर्नुभयो।

No comments:

Post a Comment