संविधानसभामा पाँचौं शक्तिका रूपमा रहेको तर्राई मधेस लोकतान्त्रिक पार्टीुक्रबार विभाजित भएको छ।
मधेसवादी दलहरूमध्ये तमलोपा मात्र विभाजन हुन बाँकी थियो। विभाजनपछि बनेको नयाँ पार्टी नाम तर्राई मधेस लोकतान्त्रिक पार्टीेपाल राखिएको छ।
सरकार गठनका लागि नियमित अधिवेशन आ³वान भइसकेको अवस्थामा एकाएक पार्टीवभाजन हुनुलाई सत्ताको खेलसँग जोडिएको छ। विभाजन भएलगत्तै शुक्रबार नै महेन्द्र्रप्रसाद यादवको नेतृत्वको तर्राई मधेस लोकतान्त्रिक पार्टीेपालले संसदीय दलको मान्यता पाएको छ।
नेतृत्वले एकलौटी ढंगले पार्टीञ्चालन गरेको, निर्ण्र्ाा्रक्रियामा आफूहरूलाई सहभागी नगराइएको तथा पार्टीधेसी जनताको भावनाविपरीत चलेको भन्दै उद्योगमन्त्रीसमेत रहेका तमलोपाका महामन्त्री महेन्द्रप्रसाद यादवको नेतृत्वमा तमलोपा नेपाल नामक दल गठन गरिएको हो। नयाँ पार्टी अध्यक्ष यादवले पार्टीध्यक्ष महन्थ ठाकुर तथा नेताहरू हृदयेश त्रिपाठी र र्सर्वेन्द्रनाथ शुक्लले पार्टीई एकलौटी चलाएकाले व्रि्रोह गर्नुपरेको बताउनुभयो।
उद्योगमन्त्री यादवलाई तमलोपाका ९ जना सभासद्ले साथ दिएका छन्। सभामुख सुवास नेम्वाङले ९ जना सभासद्ले आएर संसद् सचिवालयका महासचिव र सचिवको रोहवरमा हस्ताक्षर गरेर नयाँ दल गठन गरेको जानकारी आफूलाई गराएको बताउनुभयो। संसद् सचिवालयमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभामुख नेम्वाङले तमलोपा नेपाललाई संसदीय दलको मान्यता प्रदान गरेको भन्दै छुट्टै कार्यालय उपलब्ध गराउने तयारी गरेको जानकारी दिनुभयो।
विभाजनपछि गठन भएको नयाँ पार्टी उद्योग राज्यमन्त्री दानबहादुर चौधरीसहित सभासद्हरूमा गोविन्दबहादुर चौधरी, अरविन्द साह, मोहम्मद सलाउद्दिन अन्सारी, सुमित्रादेवी राय, उर्मिला महतो, चन्दन साह र राममणि राम रहेका छन्।
तर्राई मधेस लोकतान्त्रिक पार्टी २१ जना सभासद् भएकोमा सभासद् रामकुमार शर्मा माओवादीमा गएको र ९ जना सभासद्ले पार्टीवभाजन गरेकाले अब माउ पार्टी ९ जना मात्रै सभासद् रहेका छन्। नवगठित तमलोपा नेपाल संसदीय दलको नेतामा महेन्द्र यादव नै चुनिनुभएको छ। अरविन्द साहलाई भने सचेतक चयन गरिएको छ।
संविधानसभा नियमावलीमा कुनै दलका ४० प्रतिशत सभासद्ले अलग दलको मान्यताका लागि निवेदन दिएमा संसदीय दलको मान्यता पाउने व्यवस्था छ। विभाजनपछि तमलोपा नेपालको नेतृत्व पाएका महेन्द्र यादवले पार्टीध्यक्ष महन्थ ठाकुरसहित सीमित नेताहरूले तमलोपालाई पेवाका रूपमा सञ्चालन गरेको आरोप लगाउनुभएको छ।
संस्थापन पक्षले भने यादव पक्षले मधेसी जनताप्रति गद्दारी गरेको आरोप लगाएको छ। संस्थापन पक्षका नेता एवम् संसदीय दलका मुख्यसचेतक वृजेशकुमार गुप्ताले पार्टीत्र लोकतान्त्रिक अभ्यास नभएको भन्ने विभाजित पक्षको आरोपलाई अस्वीकार गर्नुभयो र एउटै पार्टीत्र २ वटा विधानलाई प्रवेश दिने अध्यक्ष कसरी निरंकुश हुन सक्छन् भनी प्रश्न गर्नुभयो।
संस्थापन पक्षले भने संसद्को अधिवेशनमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले पार्टीवभाजन गरिएको आरोप लगाएको छ। तर नवगठित पार्टी अध्यक्ष यादवले आफूहरूले सत्ता र कुर्सी लागि पार्टी फुटाउने काम नगरेको बताउनुभयो। उहाँले संस्थापनले मधेसका मुद्दा बिर्सिएको र मधेसी मोर्चालाई सशक्त पार्न भूमिका खेल्न नसकेकाले त्यसको विकल्प दिन खोजेको बताउनुभयो।
फोरम लोकतान्त्रिकबाट अलग्गिएर सञ्जयकुमार साहले छुट्टै दल गठनको घोषणा गरेको दुइ साता पनि नबित्दै तमलोपा विभाजित भएको हो। मधेसवादी सबैभन्दा पुरानो दल सद्भावना पार्टीाधा दर्जनभन्दा बढी पटक विभाजित भइसकेको छ भने मधेसी जनाधिकार फोरम तीन चिरा भइसकेको छ र अब तमलोपा दुइ टुक्रा भएको छ।
No comments:
Post a Comment