अन्मिन प्रमुख करिन ल्यानग्रेनले दिगो शान्तिका लागि नेपालको यात्रा सफल रहे पनि पूर्ण भई नसकेको बताउनुभएको छ। राजनीतिक समस्याले यात्रा लम्बिएको उहाँले दाबी गर्नुभयो।
आफनो दुइवर्षो कार्यकाल सकी न्युयोर्क र्फकन लाग्नुभएकी ल्यानगे्रनले शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा भन्नुभयो- ँशान्तिप्रक्रियामा विशेष रूपमा लम्बिँदो राजनीतिक समस्याले धेरै नै बाधा पुर्यायो।’
उहाँले भन्नुभयो- ँशान्तिप्रक्रियामा नयाँ संविधान जारी गर्ने र सेनाको समायोजन तथा पुनःस्थापन गर्ने कार्यहरू चुनौतीपूर्ण् छन्।’ उहाँले अहिले सबैका लागि मान्य हुने गरी माओवादी सेना समायोजन र पुनःस्थापनका लागि यो समय महत्त्वपर्ूण्ा रहेको दाबी गर्नुभयो।
अन्मिनको कार्यादेश सकिन अब दुइ हप्ता बाँकी रहँदा हतियार तथा सेनाको व्यवस्थापनसम्बन्धी सम्झौता र यसअर्न्तर्गत हुने विशेष अनुगमन संयुक्त समितिका बारेमा आफू स्पष्ट हुन चाहेको उहाँले बताउनुभयो।
उहाँले नेपालबारेको आफनो अन्तिम प्रतिवेदन राष्ट्रसंघमा बुझाउनका लागि आज शनिबार न्युयोर्क जाने बताउनुभयो। बिहीबार एकीकृत माओवादीले अन्मिनलाई आगामी जेठ १४ सम्म राख्ने सम्बन्धमा दिएको पत्र महासचिवसमक्ष पेस गर्ने बताउँदै उहाँले सुरक्षापरिषद्को निर्णय मात्रै अन्मिनको म्याद थप हुने नहुने कुरा निर्भर रहेको जानकारी गराउनुभयो।
No comments:
Post a Comment