सरकारका विशिष्ट श्रेणीका १४ जना कर्मचारीले यसै वर्ष अवकाश पाउने भएका छन्। कुल अवकाश पाउने कर्मचारी संख्या १२ सय २५ रहेको छ।
निजामती किताबखानाले जनाएअनुसार १४ विशिष्ट श्रेणीका कर्मचारीहरुमा क्रमशः जगतनारायण प्रधान रामकृष्ण तिमल्सेना माधवप्रसाद पौडेल छविराज पन्त बज्रकिशोरप्रसाद साह प्रकाशचन्द्र शर्मा वस्ती रुद्रकुमार श्रेष्ठ दीप बस्याल मदनकुमार भट्टराई धनराज रताला मोदराज डोटेल टीकाबहादुर हमाल महेन्द्रप्रसाद श्रेष्ठ विमलप्रसाद वाग्ले हुनुहुन्छ।
अवकाश पाउनेमा परराष्ट्रका सचिव मदन भट्टराईसहित पाँच जना सहसचिव र एक जना शाखा अधिकृतसमेत रहेका छन्। अवकाश पाउने सहसचिवहरुमा दिनेश भट्टराई प्रद्युम्नविक्रम शाह मोहनकृण्ण श्रेष्ठ हरिकुमार श्रेष्ठ र अरुणप्रसाद धिताल हुनुहुन्छ भने शाखा अधिकृत अच्युतभक्त पौडेल हुनुहुन्छ।
परराष्ट्र सचिवले आगामी भाद्र १५ गते अवकाश पाउनुहुने जारी सूचनामा जनाइएको छ। उहाँ सचिव पदमा २०६६ साल असार ९ गते नियुक्त हुनुभएको हो। उहाँले अवकाशको सूचना ग्रहण गरिसक्नु भएको परराष्ट्र स्रोतले जनाएको छ। जारी सूचनाअनुसार नेपाल सरकारका ५ सय ८ प्रथम श्रेणी २ सय ३२ द्वितीय श्रेणी १ सय ४१ तृतीय श्रेणी १८ चतृर्थ श्रेणी र ३ सय ११ श्रेणीविहीन पदहरु खाली हुनेछन्।
No comments:
Post a Comment