Tuesday, December 28, 2010

युवा नीतिका लागि दबाब अवश्यक

मुलुकले युवा समुदायका मुद्दालाई सम्बोधन गर्ने गरी पारित गरेको राष्ट्रिय युवा नीति २०६६ को कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम आवश्यक भएको राजधानीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन्।

युवा नीति पूर्ण भए पनि पारित भएको १ वर्षपछिसम्म पनि कार्यान्वयन नहुँदा त्यसलाई पूर्ण बनाउन वक्ताहरुले दबाबमूलक कार्यक्रमको खाँचो औंल्याएका हुन्। नेपाल युवा संस्था साजाल आयोन ले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा वर्ष सन् ०१०÷११ को सन्दर्भमा राष्ट्रिय युवा नीतिको कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीका अवसरमा सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन्।

युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले युवाहरुले पटक-पटक दिएको दबाब र संघर्षले नीति मन्त्रिपरिषद्बाट पारित भएकाले सोही अनुरुप कार्यान्वयनमा पनि दबाब आवश्यक भएको बताउनुभयो।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका सहायक प्रतिनिधि विजय थापाले नीति कार्यान्वयनमा चुनौति रहेको भन्दै पारित नीतिका सम्बन्धमा सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। यसका लागि भरपर्दो तथ्यांकको खाँचो भएको औंल्याउदै थापाले स्थानीय तहमा पुग्ने बजेटलाई कसरी युवाका पक्षमा कार्यान्वयन गराउनु अर्को चुनौति भएकाले नीति सँगसँगै स्रोतको ठूलो भूमिका हुने उहाँको ठहर छ।

भएको नीति कार्यान्वयन गर्नका लागि सबैले आफ्नो ठाउँबाट जुटेरअगाडि बढेमा भावीपिंढीले तारिफ गर्ने युवाको क्षेत्रमा कार्य गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संघकी प्रतिनिधि काजल प्रधानको भनाइ थियो। यही भनाइलाई सर्मथन गर्दै प्ररायुसंघका अध्यक्ष महेश बस्नेतले स्वास्थ्य शिक्षा र रोजगारी जस्ता समस्या मुलुकको ठूलो समस्या भएको बताउनुभयो।

No comments:

Post a Comment