Tuesday, December 28, 2010

विद्यार्थी संगठनबीच झडप रोक्न सुझाव

पछिल्लो समयमा क्याम्पसहरुमा विशेष गरी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ र एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनबीच द्वन्द्वबारे जानकारी दिन र त्यस्ता घटनाहरुले कसरी प्रश्रय पाइरहेको छ भन्ने विषयमा विद्यार्थी संगठन र शिक्षाविद्हरुबीच छलफल तथा अन्तरकि्रया कार्यक्रम भएको छ।

वाल्मीकि क्याम्पसको राजनीतिशास्त्र विद्यार्थी तथा शिक्षा पत्रकार साजाल इजोन को संयुक्त आयोजनामा सोमबार राजधानीमा भएको सो कार्यक्रममा विभिन्न ठूला पार्टीका विद्यार्थी संगठन शिक्षाविद् तथा पत्रकारहरुबीच पछिल्लो समयमा देखिएको घटनाक्रमका विषयमा अन्तरकि्रया कार्यक्रम भएको हो।
कार्यक्रममा डा। सुरेन्द्र केसीले पछिल्लो समयमा आएर विद्यार्थी संगठनहरुबीच देखिएको आन्तरिक द्वन्द्वलाई तत्काल अन्त्य गरी क्याम्पसहरुमा साधारण विद्यार्थीहरुको पढ्ने अधिकारमाथि बल प्रयोग नगर्नमा जोड दिनुभयो। उहाँले विद्यार्थी संगठनहरुले संकीर्ण स्वार्थलाई प्रोत्साहन गरी अघि बढेको समेत बताउनुभयो।

विद्यार्थी संगठनहरुबीच यस्तै द्वन्द्व रहने हो भने अब आउने स्वतन्त्र विद्यार्थीको चुनावमा गुन्डागर्दी बढ्ने निश्चित छ डा. केसीले भन्नुभयो- अबको एक दशकमा विद्यार्थीहरुमा देखिएको राष्ट्रिय राजनीतिले कम मान्यता पाउने र क्षेत्रीय राजनीति हाबी हुने सम्भावना रहेको छ।

प्राध्यापक डा। विद्यानाथ कोइरालाले विशेष गरी नेविसंघ र अनेरास्ववियुबीच देखिएको किचलोलाई देशको राजनीतिले झडपको स्थितिसम्म पुर्याएको उल्लेख गर्नुभयो। गुणस्तर शिक्षामा वृद्धि गर्ने हो भने विद्यार्थी संगठनहरुले आफ्ना माऊ पार्टीसँग छलफल गरी अघि बढ्न प्राध्यापक कोइरालाले प्रेरित गर्नुभयो।

अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले क्याम्पसहरुमा हतियारको राजनीति बढेकोले तत्काल क्याम्पसलाई हतियार तथा गुन्डागर्दीबाट मुक्त गरी निरुत्साहन गर्नुपर्ने धारणा राख्नुभयो। एक अर्को प्रसंगमा अध्यक्ष ढुंगेलले देशको प्राकृतिक स्रोतसाधनलाई केन्द्रित गरी राष्ट्रिय रुपमा शैक्षिक सम्मेलनको आवश्यकता रहेको बताउनुभयो।

सोही कार्यक्रममा नेविसंघका अध्यक्ष प्रदीप पौडेलले विद्यार्थी संगठनहरुबीच द्वन्द्व नरहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई रुपान्तरण गर्न राजनीतिक दलहरुले शिक्षामा स्पष्ट खाकाको प्रयोग गरी अगाडि बढे त्यसलाई अंगाली संगठनहरु लागिपर्ने बताउनुभयो। कार्य्रक्रममा तराई मधेस विद्यार्थी प्रुन्टका मनीष मिश्रले पनि विद्यार्थी संगठनहरुबीच देखिएको किचलोलाई रोक्नुपर्ने धारणा राख्नुभयो।

No comments:

Post a Comment