Wednesday, December 29, 2010

शवलाई सास्ती

परासीमा सडक दुर्घटनामा परेका दुई मजदुरको काठमाडौंस्थित लाइफ केयर अस्पताल सुन्धारामा उपचार गराउने क्रममा मृत्यु भएको छ।

मृतक मजदुरका आफन्तले अस्पताललाई उपचारशुल्क बुझाउन नसकेपछि शव अस्पतालमै अलपत्र परेको छ। झन्डै एक साताअघि नवलपरासीको प्रगतिनगरमा बस र ट्रुक्टर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका परासी कोहलपुरका मजदुरद्वय सिख्खरकुमारी महतो र भीमबहादुर महतोलाई काठमाडौं ल्याइएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो। उपचारका क्रममा लागेको खर्च यातायात व्यवसायीले तिर्नुपर्नेमा नतिरेका कारण शव दिन नमिलेको अस्पतालको भनाइ छ। ना२ख ८५८९ नम्बरको चौतारी यातायातको बस र लु१त ५०४३ नम्बरको ट्रुक्टर आपसमा ठक्कर खाँदा अन्य ८ मजदुर पनि घाइते भएका थिए। यातायात व्यवसायीले उपचार खर्च नदिएका कारण उनीहरु पनि भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमै अलपत्र परेको बुझिएको छ।

मृतकका आफन्तका अनुसार चौतारी यातायात व्यवसायी संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले समितिमा पैसा नभएकाले खोज्दै छौ भनेर टारेको कावासोती इलाका प्रहरी कार्यालयका डीएसपी देवराज लोहनीसँग गुनासो गर्दा आफूले दैनिक ताकेता गरेको बताउनुहुन्छ। दैनिक ज्यालादारी गरेर खानुपर्ने मजदुरहरुको समस्या भएकाले यातायात व्यवसायी सुरक्षानिकाय र अस्पताल सबैले मानवीयतासम्म नदेखाएको गुनासो मृतकका आफन्तको छ।

No comments:

Post a Comment