प्रधानमन्त्री माधवकुमार नेपालले सुडानको डाफरमा शान्तिस्थापनार्थ खटिएका प्रहरीलाई आवश्यक सामग्री अविलम्ब पठाउन निर्देशन दिनुभएको छ।
सामग्रीको अभावमा त्यहाँ खटिएको मिसनलाई राष्ट्रसंघले अयोग्य घोषित गर्दै फिर्ता पठाउने अवस्था आएपछि प्रधानमन्त्री नेपालले बुधबार राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकाल, गृहमन्त्री भीम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीसँग छलफल गरेपछि सो निर्देशन दिनुभएको हो।
अर्थ मन्त्रालयले बजेट निकासा नगरेका कारण सामग्री पठाउन कठिनाइ भएको जानकारी गृहमन्त्री रावलले मंगलबारको राज्यव्यवस्था समितिको बैठकलाई गराएपछि प्रधानमन्त्री नेपालले पहल शुरू गर्नुभएको हो। प्रधानमन्त्रीको निर्देशनपछि अर्थ मन्त्रालयले आवश्यक सामग्री खरिदका लागि आवश्यक बजेट निकासा दिने भएको छ।
राज्यव्यवस्था समितिले प्रहरी बदनाम हुन लागेका कारण संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीलाई पुनः शान्तिस्थापनार्थ काम नदिने अवस्था आएको तर्फध्यानाकर्षा गराउँदै तत्काल त्यहाँ आवश्यक पर्ने पाँचवटा एपीसी, ९६ वटा बुलेट प्रुफ ज्याकेट र हेलमेट, दर्ुइवटा फोर हविलर जिप, चारवटा पिकअप र वाटर टि्रटमेन्ट प्लान्ट दश दिनभित्र पठाउन सरकारलाई निर्देशन दिएको थियो।
राज्यव्यवस्था समितिको सिफारिसमा प्रहरीका लागि सामग्री खरिद गर्दा भएको घोटालाका सम्बन्धमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
No comments:
Post a Comment