तराई-मधेस लोकतान्त्रिक पार्टी तमलोपाले उद्योगमन्त्री महेन्द्रराय यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई पदमुक्त गर्न प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरेको छ।
संस्थापन पक्ष तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले आइतबार बिहान प्रधानमन्त्री नेपाललाई बालुवाटारमा भेट गरेर यादव र चौधरीद्वयले अलग्गै पार्टी गठन गरी संसद सचिवालयमा दर्ता गराएको भन्दै मन्त्रीबाट पदमुक्त गर्न आग्रह गरेको तमलोपाका मुख्यसचेतक वृजेशकुमार गुप्ताले जानकारी दिनुभयो।
पार्टी अनुशासनविपरीत काम गरेकाले यादव र चौधरीलाई मन्त्रिमण्डलबाट हटाउन प्रधानमन्त्री नेपाल सकारात्मक रहेको मुख्यसचेतक गुप्ताले जानकारी दिनुभयो।
पार्टी संस्थापनपक्षसँग असन्तुष्ट यादवले चौधरीलगायतका ९ जना सभासद्लाई समेटेर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गर्नुभएको छ।
No comments:
Post a Comment