Monday, January 3, 2011

फोरम लोकतान्त्रिकद्वारा कारबाही

सत्तारुढ दल मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पार्टी विभाजन गर्ने केन्द्रीय सदस्य साजयकुमार साहलाई सम्पूर्ण जिम्मेबारीबाट हटाएको छ।

पार्टीको राजनीतिक समितिको आइतबार बसेको बैठकले साहलाई केन्द्रीय सदस्यसँगै पार्टी संगठन विभागको सदस्य र मधेसी युवा फोरम लोकतान्त्रिकको इन्चार्ज पदसमेतबाट हटाउने निर्णय गरेको जनाएको छ। पार्टीद्वारा प्रेसित विज्ञप्तिमा पार्टी नीति र विधानविपरीत अलग पार्टी गठन गरेकाले कारबाही गरेको उल्लेख छ।

अनुशासन समितिको प्रतिवेदनअनुसार साहमाथि थप कारबाहीका सम्बन्धमा राजनीतिक समितिको अर्को बैठकले निर्णय गर्ने फोरम लोकतान्त्रिकले जनाएको छ। केही दिनअघि साजयकुमार साहले मधेस क्रान्ति फोरम नामको अलग्गै पार्टी घोषणा गर्नुभएको थियो।

No comments:

Post a Comment