अधिकांश विद्यालयमा विद्यार्थी नै छैनन्। विद्यार्थी भएका स्थानमा शिक्षक छैनन्। जुम्लाका प्रायः सरकारी विद्यालयको हालत यस्तै छ। घरधन्दा सकेर विद्यालय जान बाध्य विद्यार्थीहरु वर्षभरि गुजारा टार्न कीरा टिप्न जाँदा विद्यालय नै बन्द गर्नुपर्ने स्थिति विद्यमान छ।
वैशाख लाग्नासाथ सबै विद्यार्थी कीरा अर्थात् यार्चागुम्बा टिप्न हिमालतिर लागेपछि अन्य साथीहरु आफ्ना साथी फर्किने हुन् कि होइनन् भन्ने आशमा पर्खिरहेका हुन्छन्। पैसा कमाएर पढ्ने धोको लिएर सयौं बालबालिका कर्णालीको उत्तरी भेगमा पुग्छन्। तीमध्ये कतिपयको राति परेको हिउँले पुरिएर मृत्यु हुन्छ। यो कुरा आइतबार राजधानीमा प्रस्तुत एक वृत्तचित्रमा देखाइएको हो।
सबै साथीहरु यार्चागुम्बा टिप्न हिमाल गएपछि सो विद्यालयमा बाँकी रहेका एक विद्यार्थी ६ घण्टा पैदल हिँडी अर्कै विद्यालय पढ्ने साना भाइबहिनीलाई पढाउन नजिकैको विद्यालयमा पुग्छन् ।
केही विद्यार्थी विद्यालय जाँदै गरेका बेला रारातालको डिलमा फेला पर्छन्। उनीहरु दैनिक ५ घण्टाको हिँडाइपछि विद्यालय पुग्ने गरेको बताउँछन्। तर विद्यालयमा शिक्षक नपुग्दा प्रायः विद्यालय जानु मात्र हुन्छ । पाठ्यपुस्तक पनि छैन पढाइ नै हुँदैन तीमध्येका एक विद्यार्थी भन्दै थिए- म ठूलो भएपछि पाइलट हुन्छु। हवाईजहाज चलाउँछु। यस्ता चाहना बोकेका विद्यार्थीको इच्छा कसले बुझ्ने एकातर्फ यस्तो कारुणिक दृश्य अर्कातर्फ राजधानीका महँगा विद्यालय र त्यहाँ पढ्ने विद्यार्थीको हाइफाई बेग्लै छ। उनीहरुलाई कर्णालीका विद्यार्थीको हालत कस्तो छ भन्ने मतलब नै छैन। ती विद्यार्थी आलिसान महलमा पढ्छन् । मोटरगाडीमा गुडेर विद्यालय पुग्ने र दैनिक ६ घण्टाको हिँडाइपछि पुगिने विकट कर्णालीको दुर्गम क्षेत्रको विद्यालयका विद्यार्थीबीचको तुलना गर्नु असम्भवप्रायः बनेको छ।
यस्तै मर्मस्पर्सी दृश्य कैद गरेर बनाइएको ँशिक्षाको खोज’ शीर्षकको डकुमेन्ट्री हेर्दा धेरैका आँखा रसाए। इस्ट च्यानलले ४ वर्ष लगाएर तयार गरेको यो शिक्षाको खोजको निर्देशक जीवन भट्ट्राईले डकुमेन्ट्री बनाउँदाको क्षण सुनाउँदै भन्नुभयो- यसमा नेपालको शिक्षाको यथार्थता देखाएका छौ।
लगातार ४ वर्ष लगाएर तयार गरिएको डकुमेन्ट्रीमा पिढीं शिक्षादेखि आधुनिक र कर्णालीको शिक्षा छायांकन गरिएको छ। आइतबार शिक्षाको इतिहास बोकेको दरबार स्कुलमा सार्वजनिक गरिएको वृतचित्र हेर्न शिक्षाविद् शिक्षा मन्त्रालय विद्यार्थी संगठनका अध्यक्ष शिक्षा विभागका अधिकारी र पत्रकारको उपस्थिति थियो। सो डकुमेन्ट्रीको अनुसन्धान र लेखन जीवन भट्टराई र विनोद कार्की तथा क्यामराको काम विनोद कार्की र संगीत कुटुम्बले गर्नु भएको हो।
डकुमेन्ट्री सार्वजनिक कार्यक्रममा एनआरएन हङ्कङ्का अध्यक्ष यमकुमार गुरुङले कर्णाली क्षेत्रको शिक्षाका लागि भनेर इस्ट च्यानलका अध्यक्ष जीवन भट्टराईलाई साढे २ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। साथै अध्यक्ष गुरुङले आफूले आम्दानी गर्ने कुल रकमको ५ प्रतिशत दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त रकम कर्णालीका बालबालिकाका लागि खर्चिने निर्देशक भट्टराइले बताउनुभयो।
सो कार्यक्रममा कर्णालीको पहिलो पटक चन्दननाथ मावि स्थापना गर्नुभएका पूर्वमन्त्री अदनिसंह कठायतलाई शिक्षाविद् द्वय केदारभक्त माथेमा र प्रा.डा. विद्यानाथ कोइरालाले सम्मान गर्नुभएको थियो। भने कर्णालीको विद्यालयलाई सहयोग गर्ने एनआरएन हङ्कङ्का अध्यक्ष यमकुमार गुरुङलाई जुम्लाका पहिलो विद्यालय स्थापना गर्ने कठायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
No comments:
Post a Comment