Friday, January 7, 2011

राजधानीमा दिनदहाडै ७० लाख लुटियो

नकाबधारी एक समूहले कमलपोखरीको हिमाल नर्सिङहोमअगाडिबाट व्यापारी पवन सरियाको साथमा रहेको ७० लाख ५० हजार रुपियाँ लुटेर फरार भएको छ।


बिहीबार अपरा³न न्युरोडबाट रकम लिएर कमलपोखरी पुगेका व्यापारी सरियाले घरबाट निस्कने क्रममा मोटरसाइकलमा आएका लुटेराको समूहले ब्यागमा रहेको उक्त रकम लुटेर लगेको बताएका छन्।

घरबाहिर निस्किएका सरियालाई बा२२प १७३४ नम्बरको मोटरसाइकलमा आएका लुटेराको समूहले लुटेको उनले दाबी गरेका छन्। गणबहालमा रहेको अफिसबाट हिमाल नर्सिङहोमअगाडि रहेको घरमा पुगेर निस्किएका व्यापारी सरियाका साथमा रहेको रकम लुटिएको बताइएको छ। विभिन्न व्यवसायमा संलग्न सरियाले नेपालबाट हुन्डीको कामसमेत गर्ने गरेको र उक्त रकम हुन्डी गर्न लैजान लागेका बेला लुटिएको भन्ने जानकारी आएकाले त्यसतर्फ पनि छानबिन गरिरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त लुटपाटमा सामेल भएको आशंकामा सरियाको पसलमा काम गर्ने केही कामदारलाई नियन्त्रणमा लिइएको भए पनि प्रहरीले भने सरियाले भनेजति रकम लुटपाट नभएको दाबी गरेको छ।
व्यापारी सरियाले उक्त रकम बैंकमा राख्न लैजान लागेको दाबी गरे पनि भोटेबहालमा भएका मानिस किन त्यति ठूलो रकम बोकेर कमलपोखरी पुगे यो विषय नै शंकास्पद भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दियो।

व्यापारी सरियाले उक्त रकम मोटरसाइकलमा आएका तीन जनाको समूहले हतियार देखाएर लुटेर लगेको बताए पनि प्रत्यक्षदर्शीले पैदल आएका तीन व्यक्तिले सरियाले बोकेको ब्याग लुटेर भागेको जानकारी दिएका छन्। घटनाका बेला व्यापारी सरियाका साथमा उनको अफिसमा काम गर्ने कर्मचारी अभिजित पनि रहेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले भने हतियारधारी समूहले उक्त रकम लुटेर लगेको बताएको छ।

No comments:

Post a Comment