सरकारले राष्ट्रसंघीय मिसन (अन्मिन) लाई माघ १ गतेबाट विधिवत् रुपमा फिर्ता पठाउने निर्णय गरेपछि राष्ट्रसंघीय हतियार अनुगमन कार्यालयका पाँच जना विदेशी हतियार अनुगमनकर्ता आज शुक्रबारबाट आफ्नो देश फर्कन शुरु गर्ने भएका छन्।
माओवादी लडाकू शिविरमा रहेका ३५ जना र नेपाली सेनाको ब्यारेकमा अनुगमन गर्न बसेका २१ जना हतियार अनुगमनकर्ताहरु आŠनो दायित्वभित्र रहेका सबै सामग्री बुझाएर काठमाडौं फर्कन थालेका छन्।
माओवादीका पाँचवटा डिभिजन र २९ वटा सहायक शिविरमा रहेका हतियार अनुगमनकर्ताहरु हतियार अनुगमनका लागि जडान गरेको सेटलाइटसमेत हटाएर काठमाडौं फर्किएका हुन्। अन्मिनले विधिवत् रुपमा आफ्नो काम सकिएको घोषणा गर्ने भएपछि हतियार अनुगमन कार्यालयमा कार्यरत २ सय ६ जना कर्मचारीले समेत आफ्नो जिम्मामा रहेका सामान बुझाउन थालेको बताइएको छ।
हतियार मनिटर गर्ने कार्यमा सामेल राष्ट्रसंघका कर्मचारीहरु जनवरी १६ तारिखसम्म फर्किसक्ने भएका छन्। २२ जनवरीबाट माओवादी शिविरमा रहेका हतियारको अनुगमन नहुने भएको छ। त्यसपछिको अनुगमन विशेष समितिले गर्ने भएको छ। माओवादीले अन्मिनको म्याद नथपे त्यसको विकल्प दिनुपर्ने बताइरहेका बेला अनुगमनकर्ताहरुको स्वदेश फिर्ती शुरु हुने भएको छ।
No comments:
Post a Comment