Tuesday, January 4, 2011

नायक केसी अब एमालेका

नायक भुवन केसीलाई अब नेता भने हुन्छ। कुनै बेला राप्रपाबाट संसदीय चुनावका लागि टिकटको प्रस्ताव पाएका नायक केसी सकि्रय राजनीतिमा लाग्ने उद्देश्यका साथ सोमबार सार्वजनिक समारोहकै बीच नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट टीका थाप्दै विवाद चम्किरहेको उनकै पार्टीमा प्रवेश गरेका यी नायकले त्यस क्रममा शपथ नै त खाएनन् तर शपथ खाएजसरी भने- म आजको दिनबाट मन वचन र कर्मले नै जहिले पनि देश र जनताको हित हुने काममा लागिरहनेछु। आफ्नो सम्बोधनका क्रममा पटकपटक एमाले आफ्नो प्रिय र मन पर्ने पार्टी भएको चर्चा गरेका नायक केसीले सो पार्टीमा प्रवेश गर्न पाएकोमा खुसीसमेत व्यक्त गरे। भने- कलाकार भएका नाताले पार्टी र देशलाई गर्न सक्ने हर योगदान गर्नेछु।

एमालेको कला-संस्कृतिसम्बन्धी भगिनी संस्था जनसांस्कृतिक महासंघको २४औं वार्षिकोत्सवका अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले टीका लगाइदिई नायक केसीलाई पार्टी प्रवेश गराएका थिए। भुवनलाई औपचारिक रुपमा पार्टीमा प्रवेश गराइसकेपछि प्रधानमन्त्री नेपालले पनि प्रसन्नता व्यक्त गरे। भुवन केसीजस्तो कलाकारलाई पहिले नै पार्टीमा ल्याउनेबारे सोचिरहेको चर्चा पनि उनले गरे। म अब सक्रिय राजनीतिमा लाग्छु’ पार्टी प्रवेशपछि नायक केसीले नेपाल समाचारपत्रसँग भने- राजनीतिमा लागे पनि चलचित्रक्षेत्रचाहिँ छोड्दिनँ। चलचित्रक्षेत्र र राजनीति दुवैमा सक्रियतापूर्वक लाग्नेछु। आफूले निर्माण गरेको चलचित्र साथी म तिम्रो’ प्रदर्शन गर्ने तरखरमा रहेका भुवनले आफूलाई कलाकारका रुपमा साथ दिने शुभचिन्तक र प्रशंसकले राजनीतिक्षेत्रमा पनि उत्तिकै साथ दिने विश्वास व्यक्त गरे। आजका दिनसम्म मैले नेपाली चलचित्रको क्षेत्रमा सेवा गरें अब राजनीतिमा लागेर देशको सेवा गर्छु -भुवनको विश्वास छ- अहिलेसम्म कलाकार भुवन केसी भनेर माया गर्नेहरुले मलाई राजनीतिक क्षेत्रमा पनि माया गर्नुहुन्छ भन्ने विश्वास छ।

राजनीतिक दलहरुको अकर्मण्यता र राजनीतिक गतिरोधका कारण आममानिसमै यसप्रति वितृष्णा जागिरहेका बेला भुवन किन पार्टी प्रवेश गरे त कुनै पनि कुरा नजिकबाट ननियाली थाहा हुँदैन राजनीतिलाई नजिकबाट नियाल्न र आफ्ना तर्पुबाट देश र जनताका लागि केही गर्न सकिन्छ भनेर पार्टीमार्फत जानलाई पार्टी प्रवेश गरेको हुँ -भुवन भन्छन्- तर कुनै व्यक्तिगत फाइदाका लागि गएको होइन। केही समयअघि १ सय जना कलाकार माओवादी पार्टीमा प्रवेश गरे पनि भुवन केसीजस्तो ख्याति कमाएका कलाकार कुनै पार्टीमा प्रवेश गरेको यो नै पहिलो अवसर हो।

No comments:

Post a Comment